नियम ६
माफी सम्बन्धी निर्णयको प्रमाणीकरण
(१) कुनै अदालत, विशेष अदालत, सैनिक अदालत, न्यायिक वा प्रशासनिक पदाधिकारी वा निकायले गरेको सजायलाई माफी, मुलतबी, परिवर्तन वा कम गर्ने निर्णयको प्रमाणीकरण मुख्य सचिवले गर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रमाणीकरण भएको निर्णयको प्रमाणित प्रति कार्यान्वयनका लागि मुख्य सचिवले गृहमन्त्रालयको सचिवकहाँ पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्राप्त भएको प्रमाणित प्रतिको आधारमा गृहमन्त्रालयको सचिवले उपनियम (१) बमोजिमको निर्णय कार्यान्वयन गर्ने वा गराउनेछ ।